२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

क्यानडाविरुद्धकाे सिरिजमा नेपालकाे जित



काठमाडौँ ।

क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले हराएको हो । यससँगै १ खेल बाँकी छँदै नेपालले सिरिज जितेकाे हाे ।

नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे।

त्यस्तै आसिफ सेखले १०, कुशल मल्ल र सोमपाल कामीले समान ९/९ रन जोडे । क्यानडाविरुद्धको ३ एकदिवसीय सिरिजमा नेपालले २ खेल जितिसकेको छ। अन्तिम एकदिवसीय सिरिज सोमबार हुनेछ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुआत गरेको थियो । ओपनरद्वय आरोन जोनसज र नवनित दालिवाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे।

तर १९औँ ओभरको दोस्रो बलमा डेब्युटेन्ट आकाश चन्दले नवनितलाई ४६ रनमा आउट गरे । जोनसन ६५ रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १२६ रन थियो ।

त्यसपछि पनि प्रगत सिंह र निकोलस किर्तोनले पारी सम्हाल्ने प्रयास गरे । तर ३२औँ ओभरमा कप्तान रोहितकुमार पौडेलले लगातार २ विकेट लिँदै क्यानडामाथि दबाब बनाएका थिए।

ओभरको दोस्रो बलमा उनले प्रगतलाई ३८ रनमा आउट गरे। स्विप खेल्ने क्रममा डिप स्क्वायर लेगमा सोमपाल कमीले उनलाई क्याच आउट गरेका हुन् । पाँचौँ बलमा विकेटकिपर आसिफ शेखले किर्तोनलाई स्टम्पिङ गरे । उनी २० रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १८०/४ थियो ।

तर सातौं नम्बरका ब्याटर श्रेयश मोभ्भा र दशौं नम्बरका उदय भागवानले ९ औं विकेटका लागि ४४ रनको साझेदारी गरे। ४० रन बनाएका मोभ्भा अन्तिम बलमा आउट भने भागवन २० रनमा नट आउट रहे।

नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २ तथा पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए। सूर्यले एक दिवसीय करिअरको पहिलो विकेट लिएका हुन्।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ११ : ४१ बजे