२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

सुन तस्करीबारे छानबिन गर्न बनेको आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो प्रतिवेदन



काठमाडौं।

सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

बिहीबार आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत भएको सुन तस्करीलगायतका विषयमा छानबनि गर्न सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो ।

सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।

सीआईबीले छाडेका व्यक्तिहरु उच्चस्तरीय सुन जाँचबुझ आयोगको छानबिनको दायरामा परेका छन् ।

सीआईबीले कागज मात्र गराएर छाडेको २१ जनालाई फेरि बयान गराइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १२ : ४९ बजे