२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

हिरासतमा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना



काठमाडौँ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ ।

बुधबार रायमाझीको मुटुमा समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

चिकित्सकहरुले नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै अहिले निगरानीमा राखिएको बताएका छन् ।

 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १० : ५७ बजे