२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

चितवन क्रिकेट मैदानका लागि बाग्मती सरकारले ७५ प्रतिशत लगानी गर्ने



चितवनमा निर्माणाधिन क्रिकेट मैदान निर्माणका लागि ७० प्रतिशत लागत सुनिश्चित भएको छ।

आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङशाला निर्माणको प्रथम चरणका लागी ७० प्रतिशत सुनिश्चित गरेको हो।

‘आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङशाला निर्माणको प्रथम चरणकालागी ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित गर्ने निर्णय गरेको छ,’ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भनिन, ‘क्रीकेट खेलको विकासमा यसले महत्त्वपूर्ण भुमिका खेल्नेछ।’

उनले बागमती प्रदेशका मुख्यमन्त्री एंव बागमती प्रदेश सरकारलाई बिशेष आभार सहित भरतपुर महानगरपालिकाकोतर्फबाट धन्यवाद ब्यक्त गरेकी छिन।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ६ : २२ बजे